शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

ओलीको भविष्यवाणीले यसरी खायो हावा, एमालेमा खैलाबैला 

ओलीको भविष्यवाणीले यसरी खायो हावा, एमालेमा खैलाबैला 

  • मिडिया डबली
  • शनिवार, आषाढ ११ २०७९

  • 13.8K
    SHARES

  • ओलीको भविष्यवाणीले यसरी खायो हावा, एमालेमा खैलाबैला 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीको भविष्यवाणीमा अत्यधिक विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिषविद्याकै डर देखाएका थिए। त्यसैले, चुनाव प्रचारका दौरान विराटनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ वैशाखमा भने, ‘शेरबहादुरजी असाध्यै ज्योतिषीमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस्– जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ?’ 

    विराटनगर पुगेर यस्तो भन्नुभन्दा दुई दिनअघि पत्रकार विजयकुमारलाई दिएको अन्तर्वार्तामा पनि अध्यक्ष ओलीले गठबन्धनलाई ‘ग्रहदशा लागेको’ दाबी गरेका थिए।  अध्यक्ष ओलीको उपरोक्त भनाइको आसय थियो, ‘स्थानीय तह निर्वाचन (२०७९) को परिणाम सत्ता गठबन्धनका लागि प्रतिकूल हुन्छ र मतपरिणाम सार्वजनिक हुन थालेसँगै सत्ता गठबन्धनमा संकट सिर्जना हुन्छ। र, अन्ततः टुट्नेतिर नै जान्छ।’ 

    त्यसैले आफूले देउवालाई ‘असार १७ का दिन कस्ता ग्रह, दशा, नक्षत्रहरु कहाँ–कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् कस्तो छ’ भनेको दाबी पनि ओलीले गरेका थिए।  ‘देउवाका लागि जेठ महिना त्यति राम्रो नरहेको’ ओलीको दाबीका विपरीत देउवा नेतृत्वको सत्ता गठबन्धनले सहज रुपमा जेठ महिना पार गर्यो। समयले नेटो काट्दै–काट्दै दोस्रो हप्ता पनि पार गरेको छ। र, ओलीले तोकेको १७ असार आउन अब एक हप्ता मात्र बाँकी छ।  तर, वर्तमान सत्ता गठबन्धन टुट्ने संकेत देखिँदैन। सोही कारण ओलीको भविष्यवाणीले हावा खाने निश्चित बनेको हो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend