आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

सेयर बजार सुधार गर्न गगन थापाले गभर्नर अधिकारीलाई दिए यस्तो सुझाव

सेयर बजार सुधार गर्न गगन थापाले गभर्नर अधिकारीलाई दिए यस्तो सुझाव

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १० २०७९

  • 4.1K
    SHARES

  • सेयर बजार सुधार गर्न गगन थापाले गभर्नर अधिकारीलाई दिए यस्तो सुझाव

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका छन् ।

    नेता थापाले शुक्रबार बालुवाटार पुगेर राष्ट्र बैंकका उच्च अधिकारीहरूसँग भेटेर अहिले देखिएको आर्थिक संकटबारे छलफल गरेका हुन् ।

    महामन्त्री थापाले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको जानकारी दिए ।

    ‘अर्थतन्त्रमा देखिएका यीलगायतका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छ,’ थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    पछिल्लो समय देखिएको आर्थिक संकट र सेयर बजार ओरालो लाग्नुमा राष्ट्र बैंकको नीति प्रमुख कारण रहेको मानिएको छ ।

    गभर्नर अधिकारी एमाले कोटामा नियुक्त भएकाले अहिलेको सरकारलाई असफल बनाउन पनि उनले कडा नीति लिएकाले अर्थतन्त्र कोल्याप्सको बाटोमा हिँडेको अर्थविद्हरूले आरोप लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend