काठमाडौँ- चर्चित गायक तथा गीतकार तेजस रेग्मीको लोकदोहोरी गीत 'तालको पानि...' रिलिज भएको छ ।
आइतबार तेजस रेग्मी नामक अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
तेजस रेग्मी र गायिका रिना केसीको आबाजमा तयार पारिएको गीतमा गोविन्द पौडेलको शब्दलाई टपक्क टिपेर तेजस रेग्मीले नै गीतको संगीत भरेका छन् ।
एच बि एन किस्मतको संगीत संयोजन रहेको उक्त गीतको भिडिओमा लोमस शर्मा, तेजस रेग्मी र अस्मिता रनापालको दमदार नृत्य देख्न सकिन्छ ।
कुमार केसीको निर्देशन रहेको भिडिओमा अजय रेग्मीले छायांकन गरेका छन् । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओलाई अमृत चापागाईले सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।