आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रघाती एसपीपीका बारेमा विश्वप्रकाशको नयाँ खुलासा, एमालेमा उथलपुथल! 

राष्ट्रघाती एसपीपीका बारेमा विश्वप्रकाशको नयाँ खुलासा, एमालेमा उथलपुथल! 

  • मिडिया डबली
  • शनिवार, आषाढ ४ २०७९

  • 5.7K
    SHARES

  • राष्ट्रघाती एसपीपीका बारेमा विश्वप्रकाशको नयाँ खुलासा, एमालेमा उथलपुथल! 

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् । उनले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्‌मा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन् ।

    उनले कूटनीतिक मर्यादाविपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

    नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा गरेको कार्यक्रममा उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलुकको हितविपरीत कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्‍याए । महामन्त्री थापाले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताका हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए । उनले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण जनताका आफूलाई पुनस् निर्वाचित गरेको उल्लेख गर्दै अब झनै गतिशील भएर काम गर्ने आश्वासन दिए । उनले ललितपुर जिल्ला शैक्षिक हबको रुपमा रहेको उल्लेख गर्दै त्यहाँको सामूदायिक विद्यालयको पनि शैक्षिक गतिविधिलाई उन्नत बनाउन आफूले विज्ञहरुसँग परामर्श गरेर काम गरिरहेको बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend