काठमाडौँ- चर्चित सर्जक तथा गीतकार बिष्णु खत्री र गायिका शान्तिश्री परियारको आबाजमा रहेको लोकदोहोरी गीत 'बर्खामास...' २४ घण्टामै भाइरल भएको छ । बिष्णु खत्रीकै लय तथा शब्दमा रहेको उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
कृष्ण बिक (भान्जा) को संगीत संयोजन रहेको गीतको भिडिओलाई बिष्णु खत्री नामक आफ्नै अफिसियल युटुब च्यानल मार्फत बुधबार रिलिज गरिएको हो ।
काजिस श्रेष्ठको निर्देशनमा तयार पारीएको भिडिओमा तुलबीर थापा र पुजन घिमिरेको दमदार अभिनय देख्न सकिन्छ । भिडिओको छायांकन राम केसीले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका छन् ।
गीतको भिडिओ छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको छ। गलकोट बिष्णु खत्रीको जन्मथलो पनि हो । भिडिओमा बढीजसो रोपाइँको दृश्य समेटिएको छ ।
वर्षायाममा हुने खेतीपाती, मेलापात र अर्मपर्मको संस्कृतिलाई गीतको श्रव्य/दृश्यमा चित्रण गरिएको छ । “बर्खामास गाउँघरमा हुने गतिविधिलाई गीतमा उतार्ने प्रयास गरेका छौँ, भिडियोमा पनि मौलिकता झल्किएको छ”, गायक खत्रीले जानकारी दिएका छन्। दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले हालसम्म सयौँ गीतमा स्वर, शब्द र सङ्गीत दिईसकेका छन्।
मौलिक गीतसङ्गीतको रचना र गायनमा पोख्त खत्रीका ‘भरिया दाइ’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘सरकार १ के गरेर खाम’ लगायतका गीत सर्भाधिक रुचाइएका गीतमा पर्छन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।