ओखलढुंगा । ओखलढुंगाको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ । जिससको प्रमुख, उपप्रमुख र सदस्य पदहरूमा कांग्रेसको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आज भएको मनोनयन दर्ता कार्यक्रमको निर्धारित समयभित्र नेपाली कांग्रेसका तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएकोले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
जिसस प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुखमा तारा कार्की निर्वाचित भएका छन् । सदस्यहरूमा गोपालमान थापा, राजाबाबु किराँती, बद्रीविक्रम कार्की, भीमकुमार गौतम, भीमकुमारी कटवाल, भीमकुमार कामी र मैयाँ सुनुवार रहेका छन् ।
जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख र उपप्रमुखहरूमध्ये कांग्रेसबाट मात्रै ९ जना रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।