इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । जिल्ला समन्वय समितिमा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ ।
एमालेले जिसस प्रमुख र ५ सदस्य लिएको छ भने नेकपा एकीकृत समाजवादीले उपप्रमुख र दुई सदस्य लिएको छ । नेपाली कांग्रेसले भने जिससका ९ मध्ये ७ पदमा उम्मेदवारी दिएको छ ।
जिसस प्रमुखमा एमालेका जयप्रकाश राईले र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चित्रकला बराइलीले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट जिसस प्रमुखमा विमल वैद्य र उपप्रमुखमा कमला अधिकारी बरालले उम्मेदवारी दिएका छन् ।
१० स्थानीय तह रहेको इलाममा जिसस निर्वाचनका लागि प्रमुख र उपप्रमुख गरी २० जना मतदाता छन् । जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ७, नेकपा एकीकृत समाजवादीका २ र जसपाको एक जना मतदाता छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।