काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ।
यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुराइएको छ। खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत नै रहेछ। समायोजित मूल्य विहिबार मध्यरातबाट लागू हुने आयल निगमले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।