आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

फेरी फुटको संघारमा एमाले, यसरी भयो गम्भीर खुलासा! 

फेरी फुटको संघारमा एमाले, यसरी भयो गम्भीर खुलासा! 

  • मिडिया डबली
  • बुधवार, जेठ २५ २०७९

  • 4.9K
    SHARES

  • फेरी फुटको संघारमा एमाले, यसरी भयो गम्भीर खुलासा! 

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावपछि एमालेमा खतराको घण्टी बजिसकेको टिप्पणी गरेका छन् । यदि एमालेले समयमै नचेतेमा ठुलो विनाश हुनसक्ने नेपालले बताए । अध्यक्ष नेपालले स्थानीय तहको चुनावको परिणामले एमालेको हैसियत स्पष्ट पारिसकेकाले बेलैमा सचेत हुनुपर्ने बताए । 

    ‘केपी ओलीले गठबन्धन फुटाउन प्रयास गर्नु अस्वाभाविक होइन । तर उहाँ (केपी ओली)को त्यो प्रयास सफल हुन दिने वा नदिने हामीमा भर पर्छ’, नेपालले भने,  ‘उहाँ (केपी ओली)बेलैमा रुपान्तरण भए, विगतमा भएका कमीकमजोरी आत्मालोचना गरेको भए बेग्लै कुरा हुने थियो । त्यो केही हुन सकेन ।’ 

    केपी ओली नसच्चिएकाले नै पाँचदलीय गठबन्धन बनाएर संविधान, गणतन्त्र, परिर्वतनको रक्षा गर्न एक भएको नेपालले बताए । पाँच दलीय गठबन्धन बनाउनु रहर नभएको बताउँदै नेपालले देश र जनताको इच्छा चाहनामा निर्माण भएको जिकिर गरे । गठबन्धनमा अविश्वास र आशंका नहोस् भन्नेमा सबै दलहरु सचेत हुनुपर्ने अध्यक्ष नेपालको भनाई छ ।

    पछिल्लो पटक घनश्याम भुसाललाई कारबाही गर्ने तयारीले एमालेमा विवाद निम्तिएको छ। त्यसले एमालेलाई फेरी विभाजनको यात्रा तय गराउन सक्ने बताइँदै आइएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend