काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरिएको छ। एमालेको अनुशासन आयोगले नेता भूसाललाई कारवाहीका लागि सिफारिस गरेको हो।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारबाही गर्न सिफारिस गरिएको हो। आयोगका अध्यक्ष केशव बडालका अनुसार अध्यक्ष ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरिएको हो।
भुसालले स्थानीय चुनावमा पार्टीले भोगेको भन्दै एक अन्तर्वार्तामा ओलीको आलोचना गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।