आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनाव हारेपछि एमालेमा भाँडभैलो, घनश्याम भुसाललाई कारबाही हुनेभएपछि देशैभर उथलपुथल! 

चुनाव हारेपछि एमालेमा भाँडभैलो, घनश्याम भुसाललाई कारबाही हुनेभएपछि देशैभर उथलपुथल! 

  • मिडिया डबली
  • शुक्रवार, जेठ २० २०७९

  • 3.9K
    SHARES

  • चुनाव हारेपछि एमालेमा भाँडभैलो, घनश्याम भुसाललाई कारबाही हुनेभएपछि देशैभर उथलपुथल! 

    काठमाडौं । स्थानीय चुनाव हारेपछि एमालेमा भाँडभैलो मच्चिएको छ। एमालेका नेताहरु चुनाव हारेपछि आरोप प्रत्यारोपमा उत्रिएका छन्।  तलका कार्यकर्ता कुटाकुटमा उत्रिन थालेका छन् ।

    अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताले चुनावअघि ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेका थिए। तर, एमाले पहिलो दलबाट दोस्रोमा चिप्लिएको छ। ओलीले केही दिनअघि संसदीय दलको बैठकमा लज्जास्पद अन्तर्घात पार्टी पराजयको मुख्य कारण भएकाले छानबिन हुने बताएका थिए। विहिबार उनले आफ्नै नेताहरुबाट पार्टी जोगाउन चुनौती थपिएको बताएपछि एमालेमा अन्तर्घातको विषय चर्कोरुपमा उठेको हो ।

    यसैबीच हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष ओलीलाई सुझाव दिने स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने तयारी भैरहेको स्रोतले बताएको छ । अनुशासन आयोगको बैठक राखेर तत्काल भुसाललाई स्पष्टिकरण सोध्न ओलीले आयोगका प्रमुख केशव बडाललाई भनिसकेको र सोहीअनुसार गर्ने तयारी थालिएको बताइएको छ ।

    स्रोतका अनुसार अस्ति बसेको आयोगको बैठकमा भुसाललाई स्पष्टीकरणको पत्र काट्ने बडालको तयारी थियो ।उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्याललाई पनि पत्र काटिने सम्भावना छ । उनीहरुमाथि पोखरा महानगरमा आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप छ ।  

    भुसालले भने चुनावी परिणाम सार्वजनिक हुँदै गर्दा एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका क्रममा अध्यक्षले हारको जिम्मा लिनुपर्ने बर्ताएका थिए। ओलीले अन्तर्घातले चुनाव हारेको भनेपछि खासगरी १० बुँदे पक्षधर भनिने तत्कालीन माधव नेपाल समूहका नेताहरु पनि तारोमा परेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend