बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगनले देखाए उच्च राजनीतिक संस्कार, आफ्नो निर्वाचन क्षेत्रको नगरपालिकामा जितेका एमाले जनप्रतिनिधिलाई कार्यकक्षमै पुगेर दिए बधाई 

गगनले देखाए उच्च राजनीतिक संस्कार, आफ्नो निर्वाचन क्षेत्रको नगरपालिकामा जितेका एमाले जनप्रतिनिधिलाई कार्यकक्षमै पुगेर दिए बधाई 

  • मिडिया डबली
  • बिहिवार, जेठ १२ २०७९

  • 11.1K
    SHARES

  • गगनले देखाए उच्च राजनीतिक संस्कार, आफ्नो निर्वाचन क्षेत्रको नगरपालिकामा जितेका एमाले जनप्रतिनिधिलाई कार्यकक्षमै पुगेर दिए बधाई 

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च राजनीतिक संस्कार देखाएका छन्। उनको निर्वाचन क्षेत्र काठमाडौं–४ मा पर्ने बुढानिलकण्ठ नगरपालिकामा एमालेबाट जितेका मेयर र उपमेयरलाई उनले भेटेरै बधाई दिएका हुन्।

    राजनीतिक नेताहरुले फरक राजनीतिक दलबाट जितेकाहरुलाई विरलै बधाई र शुभकामना दिन्छन्। तर, गगनले नगरपालिकाको कार्यालयमै पुगेर मेयर र उपमेयरलाई बधाई दिएका हुन्। बुढानिलकण्ठको मेयरमा एमालेका मिठाराम अधिकारी निर्वाचित भएका थिए। उपमेयरमा पनि एमालेकै अनिता लामा विजयी भएकी थिइन्।  

    ‘आज बूढानीलकण्ठ नगरपालिकामा गएर नव निर्वाचित प्रमुख र उपप्रमुखलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ‘समुन्नत नगर’ बनाउने अभियानमा नगर नेतृत्व अग्रसर रहनेछ भन्ने अपेक्षा राखेको छु,’ मेयर र उपमेयरलाई बधाई दिएपछि थापाले भनेका छन्, ‘साथै जनमुखी कार्यमा  सदैव आफ्नो साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेको छु।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend