आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनाव हारेपछि बौलाए एमाले कार्यकर्ता, रुखमा भोट हालेको भन्दै कांग्रेस नेता माथि निर्घात कुटपिट 

चुनाव हारेपछि बौलाए एमाले कार्यकर्ता, रुखमा भोट हालेको भन्दै कांग्रेस नेता माथि निर्घात कुटपिट 

  • sobiztrend
  • बिहिवार, जेठ १२ २०७९

  • 8.2K
    SHARES

  • चुनाव हारेपछि बौलाए एमाले कार्यकर्ता, रुखमा भोट हालेको भन्दै कांग्रेस नेता माथि निर्घात कुटपिट 

    काठमाडौं । सल्यानमा रुखमा भोट हालेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका नेता माथि कुटपिट गरेका छन्। ‘रूख’ चुनाव चिन्हमा भोट हालेको आरोपमा सल्यानमा कांग्रेस नेता कुटिएका हुन्। 

    मध्यरातमा एक जना महिला माथि नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका नेतामाथि आक्रमण गर्नुको साथै एक महिलामाथि करणीको प्रयाससमेत भएको खुल्न आएको प्रहरीले जनाएको छ। 

    कुटपिटबाट त्रिवेणी गाउँपालिका वडा नं. २ राधागिटीका ३७ वर्षीय खिमबहादुर पुन घाइते भएका छन्। लाठी प्रहारबाट पुनको टाउको र शरीरमा  घाउखत लागेको छ।

    जिल्ला अस्पताल सल्यानको उपचारपछि घाइते पुनलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ।  पुन र उनको परिवारमाथि अनाहकका आक्रमण गर्ने तथा बलात्कारको प्रयास गर्नेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

    कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा एमालेका कार्यकर्ताहरू त्रिवेणी–२ राधागुटीका २४ वर्षीय शोबबहादुर पुन, ३० वर्षीय जोगेन्द्र नेपाली, ४५ वर्षीय इन्द्रबहादुर पुन र  एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए। 

    त्यस्तै, त्रिवेणी–२ राधागुटीकै २० वर्षीय जीवन नेपालीविरूद्ध भने कुटपिटका साथै जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको डिएसपी खड्काले जानकारी दिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend