काठमाडौैं । पोखरा महानगरपालिकाको चुनावमा नेकपा एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापालाई हराउन लागि परेको भन्दै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विरुद्ध एमाले कार्यकर्ताले नाराबाजी गरेका छन्। गुरुङनिकट कार्यकर्ताले खुलेरै थापाको विपक्षमा भोट मागेको अडियो एक हप्ताअगाडि सार्वजनिक भएको थियो । त्यसपछि उपमहासचिव गुरुङनिकट नेता–कार्यकर्तासँग संगठन विभाग प्रमुख खगराज अधिकारी समूह रुष्ट बनेको छ ।
यो रुष्टता एमालेकै कार्यक्रममा पोखिएको छ । बुधबार दिउँसो १२ बजे पोखराको सहिदचोकमा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उपमहासचिव गुरुङ बोल्दै गर्दा एमालेका नेता–कार्यकर्ताले नाराबाजी गरेका छन् ।
पृथ्वीसुब्बा बोल्न सुरु गरेपछि एमालेकै कार्यकर्याले अन्तर्घाती होसियार, अन्तर्घाती मुर्दावादलगायतका नारा लगाएका थिए ।
उनीहरूले पृथ्वीसुब्बा बोलिरहँदा नाराबाजी गरेपछि एमाले नेतृ एवं पृथ्वीसुब्बाकी सम्धिनी मिनाकुमारी गुरुङ रोक्न गएकी थिइन् । नाराबाजी भएपछि पृथ्वीसुब्बा सम्बोधन सकेर कार्यक्रम स्थलबाट निस्किएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।