काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई ठूलो झट्का लागेको छ। अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमाले यसपटक दोस्रोमा खुम्चिएको छ।
उसले आफ्ना किल्ला दाबी गर्दै आएका तहमा कांग्रेसले बाजि मारिदिएको छ। र एमालेका किल्ला भत्कने क्रम जारी नै छ। एमालेलाई पोखरा महानगरमा पनि ठूलो झट्का लागेको छ। पोखरा एमालेको किल्लाकारुपमा परिचित थियो। तर, यसपटक पोखराको मेयरमा नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले बाजी मार्ने पक्का भएको छ।
वडामा भने कांग्रेसले एमालेलाई झट्का दिएको छ। ३३ वडा रहेको पोखरामा हालसम्म ३० वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये कांग्रेसले २२ वटा वडा र नेकपा एमालेले ८ वटा वडामा जितेको छ । २०७४ को स्थानीय तह निवर्टाचनमा एमालेले २२ वटा वडा र कांग्रेसले ११ वटा वडा जितेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।