पोखरा । पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १७ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।
वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ । अहिले कांग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि कांग्रेसले जितेको थियो ।
पोखरामा ३३ वडा छन् । अहिले गणना भइरहेका अधिकांश वडामा कांग्रेसकै अग्रता छ । ०७४ को चुनावमा पोखराको मेयर र उपमेयर सहित दुई तिहाइ अर्थात् २२ वडा एमालेले जितेको थियो भने ११ वडा कांग्रेसले जितेको थियो ।
अहिले मेयरमा एमाले पछाडि छ भने उपमेयरमा अग्रता लिएको छ । वडाको अवस्था हेर्दा २०७४ सालको नतिजा उल्टिने अवस्था देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।