काठमाडौं । गुल्मीमा पहिले बाबुसँग चुनावमा पराजित भएका नेकपा एमालेका उम्मेदवार यस वर्ष छोरासँग पनि पराजित भएका छन् । गुल्मीदरवार गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर भुसाल २०७४ सालमा बाबु र अहिले छोरासँग पराजित भएका हुन् ।
भुसाल ०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका अशोककुमार थापासँग पराजित भएका थिए । यस पटक अशोकका छोरा सरोजकुमार थापासँग अध्यक्षमा पराजित भएका हुन् ।
०७४ सालमा भुसाल थापासँग ८५० मतान्तरले पराजित भएका थिए । अहिले भएको निर्वाचनमा भुसाल अशोकका छोरा सरोजसँग ५६४ मतान्तरले पराजित भएका हुन् । थापाले ६ हजार १६६ मत विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी भुसालले ५ हजार ६०२ मत ल्याएर पराजित भएका हुन् ।
यसअघिका गाउँपालिका अध्यक्ष अशोक थापाको २०७८ साल असार ३१ गते काठमाडौंमा उपचारको निधन भएको थियो । बुबाको निधन पछि नेपाली कांग्रेसले उनका छोरालाई नै उम्मेदवार बनाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।