आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
स्थानीय तह निर्वाचन

देशभरका एमालेको गढमा कांग्रेसको कब्जा, अब सूर्य उदाउन मुस्किल !

देशभरका एमालेको गढमा कांग्रेसको कब्जा, अब सूर्य उदाउन मुस्किल !

  • मिडिया डबली
  • शनिवार, जेठ ७ २०७९

  • 4.0K
    SHARES

  • देशभरका एमालेको गढमा कांग्रेसको कब्जा, अब सूर्य उदाउन मुस्किल !

    काठमाडौं - २०७४ सालको स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले यसपटक दोस्रोमा खुम्चिएको छ। एमाले पहिलो बाट दोस्रो पार्टी बन्नु उसका लागि घाटाको विषय हुँदै हो। तर, त्यो भन्दा पनि ठूलो झट्का उसका परम्परागत गढ भत्किनु हो। यसपटक एमालेका गढमा कांग्रेस विजयी भएको छ। 

    २०७० को संविधानसभा चुनावका बेला धादिङमा तीनवटा निर्वाचन क्षेत्र थियो । त्यसबेला एमालेले तीनवटै निर्वाचन क्षेत्रमा एकलौटी जितेको थियो ।  संविधान बनेपछि स्थानीय तह पुनःसंरचना भयो । धादिङमा १३ स्थानीय तह बने । संघीय निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र बन्यो ।

    २०७४ को स्थानीय चुनावमा १३ मध्ये ८ स्थानीय तहमा एमालेले जितेको थियो । त्यही वर्षको प्रतिनिधि सभाको चुनावमा पनि दुईवटै निर्वाचन क्षेत्रमा एमालेले विरासत कायम गरेको थियो । 

    यसपटक भने धादिङमा एमालेको किल्ला ढल्यो । एमालेले धादिङमा दुईवटा स्थानीय तहको अध्यक्ष मात्रै जित्यो । 

    एमालेको प्रभाव रहेका जिल्लाहरू काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखामा पनि स्थानीय तहको चुनावमा एमाले खुम्चिएको छ । काभ्रेको १३ स्थानीय तहमध्ये एउटा धुलिखेल नगरपालिकामा मात्रै एमालेले जित निकाल्न सक्यो । पाँचखाल नगरपालिकाको नतिजा आउन बाँकी छ । २०७४ मा पाँचखाल नगरपालिका कांग्रेसले जितेको थियो 

    सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तह मात्रै जित्न सक्यो । एमालेको बलियो प्रभाव रहेको मेलम्ची र बाह्रबिसे नगरपालिका, जुगल, बलेफी, लिसंखुपाखर र त्रिपुरासुन्दरी गाउँपालिका एमालेले गुमायो । 

    देशभरमै सबैभन्दा बढी एमाले कार्यकर्ता रहेको सिन्धुपाल्चोकमा स्थानीय तहको चुनावमा एमाले तेस्रो दलमा खुम्चियो ।

    एमालेको अर्को किल्ला दोलखा पनि भत्किएको छ। यसपटक एमालेले दोलखामा दुईवटा स्थानीय तह मात्रै जित्न सक्यो । सधैँ जितिरहेको सदरमुकामको भीमेश्वर नगरपालिका नै एमालेबाट फुत्कियो । दोलखामा नौ स्थानीय तह छन् ।

    नुवाकोटमा एमालेले विदुर र बेलकोटगढी दुवै नगरपालिकामा नेतृत्व गुमायो । तारकेश्वर गाउँपालिकाजस्तो गढमा पनि पराजित भयो ।

    नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये एमालेले किस्पाङ गाउँपालिका मात्रै जितेको छ । यो पनि एमालेले माओवादी केन्द्रसँग तालमेल गरेर जितेको हो ।  एमालेलाई कसैले हल्लाउन नसक्ने मानिएको बुटवल उपमहानगरपालिका नै यसपटकको चुनावमा एमालेले जोगाउन सकेन । भारी मतान्तरले कांग्रेसका खेलराज पाण्डे मेयर चुनिएका छन् ।

    बुटवल एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो । त्यहाँ उनको बलियो प्रभाव रहेको मानिन्थ्यो । रुपन्देहीका १६ स्थानीय तहमध्ये अहिलेसम्म एमालेले ३ वटा स्थानीय तह मात्रै जित्न सकेको छ । 

    लुम्बिनी प्रदेशमा एमालेको अर्को गढ थियो, गुल्मी । गुल्मी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको जिल्ला पनि हो । एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएकी रामकुमारी झाँक्रीको जिल्ला पनि गुल्मी नै हो । 

    गुल्मीको मदाने, मालिका, रुरू र इस्मा गाउँपालिकालाई एमालेको गढ मानिन्थ्यो । तर, यी सबै गाउँपालिका स्थानीय चुनावमा एमालेले गुमायो । 

    गुल्मीको १२ स्थानीय तहमध्ये एमालेले ३ स्थानीय तह मात्रै जित्न सकेको छ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा विजयी भए । 

    अघिल्लोपटक क्लिनस्विप गरेको धनकुटामा यसपालि एमाले तीन स्थानीय तहमा सीमित भयो । तेह्रथुम, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लामा पनि एमालेका लागि सुखद नतिजा रहेन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend