लमजुङ - लमजुङ जिल्लामा स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ । ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ । बेँशिसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।
यो पटक पनि प्रमुख र उपप्रमुख एमालेले जितेको छ । सदरमुकाम बेँशिसहरसँगै एमालेले मर्स्याङ्दी गाउँपालिका, क्वहोलासोथर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने दोर्दी गाउँपालिकाको प्रमुख जितेको छ । यस्तै एमालेले सुन्दरबजार र मध्यनेपाल नगरपालिकाको उपप्रमुख जितेको छ ।
तर यस अघि निर्वाचित भएका जिल्लामा एमालेका केन्द्रीय स्तरका नेताका वडाहरूमा भने अन्य पार्टीले जित निकालेका छन् । एमालेका गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको दुधपोखरी गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ भने केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज मायानाथ अधिकारीकै वडामा पनि नेपाली कांग्रेस विजयी भएको छ ।
दोर्दी १ भारतेमा मायानाथ अधिकारीकै श्रीमती इन्दिरा लम्साल अधिकारी वडाध्यक्षमा नेपाली कांग्रेससँग पराजित भएकी छन् । उनी एमाले जिल्ला कमिटी सदस्य समेत हुन् ।
देशका विभिन्न स्थानमा रहेका केन्द्रीय स्तरका नेताहरूकै वडामा फरक पार्टीले जित निकालिरहेको अवस्थामा लमजुङ जिल्लामा पनि फरक परिणाम आएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।