काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका वडाहरूको वडाध्यक्षमा नेपाली कांग्रेसले खाता खोलेको छ।
महानगरको ३० नम्बर वडामा कांग्रेसका दलबहादुर कार्की विजयी भएका हुन्। वडामा वडाध्यक्षसहित कांग्रेसको पुरै प्यानल विजयी भएको छ।
कांग्रेसका कार्कीले १ हजार ९७७ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीले ९०९ मत प्राप्त गरे।
यसअघि सम्पन्न वडाहरूको मतगणना अनुसार १, २, ३, ४ र ५ नम्बर वडामा एमाले जितेको छ। यही वडाबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।