काठमाडौं - सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मत परिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मतसहित विजयी भए ।
उनले एमालेका लक्ष्मणकुमार कार्कीलाई पराजित गरे । कार्कीले १० हजार ६५२ मत पाए । उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु १४ हजार २१३ मतसहित विजयी भएका छन् ।
उनले एमालेकी बालकुमारी अधिकारीलाई पराजित गरे । अधिकारीले १० हजार ६११ मत पाइन् । नगरपालिकामा कांग्रेसले बहुमत वडाध्यक्ष जितेको छ ।
१४ वडामध्ये कांग्रेसले १,३,४,५,६,७ र ८ जितेको छ । बाँकीमा माओवादी केन्द्र र एमाले उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा कांग्रेसका जयबहादुर पौड्याल १०७२ मतसहित विजयी भए ।
३ मा कांग्रेसकी भद्राकुमारी माझीले ८०६ मत ल्याएर चुनाव जितिन् ।
वडा नम्बर ४ मा कांग्रेसकै रितबहादुर बिश्वकर्मा १०४४, ५ मा कांग्रेसकै यदुप्रसाद काफ्ले १०१७, ६ मा कांग्रेसबाटै कमानसिं आलेमगर ७६६, ७ मा कांग्रेसका राजन दाहाल ९८७ र ८ मा कांग्रेसका केशव बराल ७९५ मतसहित विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।