बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
स्थानीय तह निर्वाचन

देउवा, ओली र सभामुख सापकोटाले आफ्नै वडामा पार्टीलाई जिताउन सकेनन्

देउवा, ओली र सभामुख सापकोटाले आफ्नै वडामा पार्टीलाई जिताउन सकेनन्

  • मिडिया डबली
  • सोमवार, जेठ २ २०७९

  • 4.8K
    SHARES

  • देउवा, ओली र सभामुख सापकोटाले आफ्नै वडामा पार्टीलाई जिताउन सकेनन्

    काठमाडौं - देशभरबाट स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस ठूलो पार्टी बन्ने पक्का भएको छ ।

    कांग्रेस अघिअघि एमाले पछिपछि छ । माओवादी केन्द्र तेस्रो पार्टी बन्ने बाटोमा छ । तर, तिनै पार्टीका शीर्प नेताले आफ्नै वडामा पार्टीलाई जिताउन सकेनन् ।

    कांग्रेसले देशव्यापी चुनाव जित्दा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहवडा कांग्रेसले गुमाउन पुग्यो । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी) का नरेश भण्डारी निर्वाचित भए ।

    भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरे । तर पालिका अध्यक्ष भने कांग्रेसले सानदार मतका साथ जित्यो ।

    एमाले अध्यक्ष ओलीको मतदान गरेको वडा कांग्रेसले कब्जा गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा कांग्रेसका प्रदीप कार्की प्यानलसहित विजयी भए ।

    उनले एक हजार ५११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका विश्वराज बिष्टले एक हजार ३०५ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

    सभामुख एवं माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको गृह वडामा कांग्रेस विजयी भएका छन् । बलेफी गाउँपालिका–२ मा कांग्रेस र माओवादी केन्द्रको उम्मेद्वारको बराबरी मत आएपछि गोलाप्रथाद्वारा वडाध्यक्ष चुन्दा कांग्रेस विजयी भएका हुन् । बलेफी गाउँपालिका–२ मा सहमतिअनुरुप गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार छविलाल न्यौपाने चुनिएका हुन् ।

    अघिल्लो स्थानीय तह ०७४ निर्वाचनमा केही मतले निर्वाचित न्यौपाने निर्वतमान वडाध्यक्षसमेत हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहवडामा कांग्रेसले पहिले पनि जित हात पारेको हो ।

    चितवनको भरतपुर महानगरपालिका–१४ यसपटक पनि कांग्रेसले जित्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend