बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीलाई कांग्रेसको चिन्ता कि आफ्नो विगत ढाकछोप गर्ने बहाना ?

ओलीलाई कांग्रेसको चिन्ता कि आफ्नो विगत ढाकछोप गर्ने बहाना ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख २७ २०७९

  • 4.2K
    SHARES

  • ओलीलाई कांग्रेसको चिन्ता कि आफ्नो विगत ढाकछोप गर्ने बहाना ?

    काठमाडौं - नेपाली कांग्रेस अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लिएर चुनावी मैदानमा उत्रिएपछि एमाले अध्यक्ष केपी ओली कांग्रेस नेताहरुको उछितो काढ्नमै व्यस्त छन् ।

    कुनै पनि चुनावी एजेन्डा नभएकै कारण सत्तारुढ गठबन्धनले पहिले जहाँ जहाँ चुनावी आमसभा गर्यो, ती ठाउँमा भोलिपल्ट आभसभा गर्दै ओली गालीगलौजमा उत्रिनुबाहेक अरु केही देखिएको छैन ।

    ओलीले सोमबार पोखरामा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति विषवमन गरे । ओलीले पोखरामा देउवाप्रति लक्षित गर्दै भने– ‘ठूला नेताले प्रधानमन्त्री पदका लागि कांग्रेस सिध्याउँदैछन् । तपाईहरू के हेरेर बसेको ?’

    चुनावका बेला ओलीको कांग्रेसको चिन्तालाई धेरैले मतदाता फकाउन गरिएको प्रपञ्चका रूपमा बुझेका छन् । तर, ओलीको आफ्नै विगत हेर्ने हो भने प्रधानमन्त्रीको कुर्सीका लागि उनले आफ्नो पार्टी कसरी भताभुंग पारे भन्ने खोज्न धेरै पर जानुपर्दैन ।

    गत निर्वाचनमा दुई तिहाइ बहुमतको नजिक पुगेका ओलीले साढे तीन वर्ष ढलीमली गरेर सरकार चलाए । आफ्ना नातागोता, व्यापारी, आसेपासे सबैलाई पोसे । पार्टीका विरोधीलाई ढिम्किनै दिएनन् ।

    एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई विघटनको अवस्था लगे । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई पाखा लगाए ।

    सर्वोच्च अदालतको परमादेशपछि ब्यूँतिएको एमालेलाई अहिले उनले कब्जा गरेका छन् । एमाले विभाजन गराउन ओलीकै एकलकाँटे प्रवृत्ति नै महत्वपूर्ण भएको सबैले देखेकै छन् । यतिबेला चुनावको माहौल तातेको छ ।

    तर, ओलीले एउटा पनि नेता तयार पार्न सकेनन् । सबै जिल्लामा आफैं पुगे । कसैलाई बोल्न दिएनन् । बरु उल्टै अहिले उनी कांग्रेस नेता कार्यकर्तालाई उपदेश सुनाइरहेका छन् ।

    प्रधानमन्त्री पदमै टिकिरहन दुई दुईपटक संसद् विघटन गर्ने, संसद्लाई बन्धक बनाएर अध्यादेशबाट देश चलाउन खोज्ने ओलीले देउवालाई प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन खोजेको आरोप लगाउनु आफैंमा आश्चर्यको विषय भएको कम्युनिस्ट नेता कार्यकर्ता नै बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend