काठमाडौं । नेकपा एमालेले पाल्पाको रामपुरमा नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन्। कांग्रेस रामपुर नगरसमितिले नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ।
आइतबार विज्ञप्ति जारी गरी कांग्रेसले रामपुर नगरपालिका कुमालटारस्थित बस्तीमा प्रचार प्रसार गरिरहेका कांग्रेस कार्यकर्तामाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जनाएको छ।
कांग्रेसले यस्ता घटना पुनः नदोहोर्याउन चेतावनी दिँदै स्वतन्त्र रुपमा चुनाव प्रचार प्रसार गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ। केही दिन अघि सिन्धुलीमा पनि एमाले कार्यकर्ताले कांग्रेसको कार्यालयमा आक्रमण गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।