काठमाडौं - एमाले अध्यक्ष केपी ओली अहिले देशभर स्थानीय निर्वाचन केन्द्रित अभियानमा लागेका छन् । तीन चार दिनयता उनी काठमाडौंमै अड्केका छन् ।
स्थानीय तहका प्रमुख उपप्रमुखको टिकट कसलाई दिने भन्ने विषयमा उनी छलफलमा जुटेका छन् । नत्र दिन बिराएर उनी विभिन्न जिल्लामा हेलिकोप्टर लिएर चुनावी सभामा भाषण गर्न पुग्थे ।
जुन जिल्ला पुगे पनि उनी एमाले एक्लै चुनावमा लड्छ भनेर गफ दिन्थे । तर, भित्रभित्रै उनी स–साना दलसँग गठबन्धन गरिरहन्थे । सोही कारण एमालेले लोसपा, राप्रपा नेपाल र परिवार दलसँग चुनावमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।
उम्मेदवारी मनोनयन दर्ताको दिन नजिकिँदै जाँदा एमालेले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीसँग पनि तालमेलको ढोका खुला गरेको छ ।
एमालेले स्थानीय प्रस्ताव र आवश्यकतालाई मध्यनजर गर्दै कांग्रेस र माओवादीसँग समेत तालमेल गर्न सक्ने गरी ढोका खोलेको हो । ‘महानगर र उपमहानगरका कतिपय ठाउँमा हामी सकारात्मक पक्ष र पार्टीसँग सहकार्य गर्छौं ।
१२ वैशाखसम्म कतिपय ठाउँमा राप्रपा, लोसपा, परिवार दलबाहेक माओवादी केन्द्र र कांग्रेससँग पनि स्थानीय तहमा गठबन्धन हुन सक्छ,’ बिहीबार केन्द्रीय सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ।
यसले अझै पनि कांग्रेस र माओवादी केन्द्रसँग एमाले मिलेर चुनावमा जान चाहन्छ भने पुष्टि हुन्छ । दुई तिहाइको सरकार ढालेर सडकमा पुगेको एमाले जुनसुकै हथकण्डा अपनाएर भए पनि जित हासिल गर्न चाहन्छ भन्ने यसले प्रमाणित गर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।