काठमाडौं - सत्तारुढ दलहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डा मिलाई जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबन्डा मिलाएका हुन् ।
‘पाँचदलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुररूप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्व सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्ध भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो,’ पाँच दलका विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गठबन्धन दलबीच नै प्रतिस्पर्धा गरेर जान सकिने बताएका छन् । उनले यसबाट गठबन्धनमा कुनै विवाद ननिस्कने उल्लेख पनि गरेका छन् ।
खासमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मित्रवत् प्रतिसपर्धाको अवधारणा ल्याएका हुन् । अहिले बारा, बाँके, दोलखालगायतका जिल्लामा यस्तो प्रक्रिया अघि बढिसकेको छ । यसबाट कांग्रेसले धेरै स्थानीय तहमा फाइदा हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।