जनकपुरधाम - स्थानीय तहको निर्वाचन नजिकिएको बेला पत्रकार सुरेश यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका आनन्द ढुंगानाले पत्रकार यादवलाई पार्टीमा स्वागत गरेका छन् । प्रेस मञ्च नेपालका मधेस प्रदेशका कार्यवाहक अध्यक्षसमेत रहेका यादव सबैला नगरपालिकाका मेयरका आकांक्षी थिए ।
एक दशक बढी राष्ट्रिय मिडियामा काम गरेका यादव सबैला नगरपालिकाको मेयरमा चुनाव लड्नकै लागि जसपामा प्रवेश गरेका थिए । बिना लेनदेन कांग्रेसमा प्रवेश गरेको यादवले जानकारी दिएका छन् । उनले मेयरको टिकट विषयमा कुनै सहमती भएको छैन् । तर छलफल चलिरहेको बताएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।