शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

गठबन्धनमा बबण्डर! कम्युनिस्टहरुको औकात देखाएपछि प्रचण्ड र नेपाललाई देखाइदिने कांग्रेसको तयारी

गठबन्धनमा बबण्डर! कम्युनिस्टहरुको औकात देखाएपछि प्रचण्ड र नेपाललाई देखाइदिने कांग्रेसको तयारी

  • मिडिया डबली
  • मंगलवार, चैत्र २९ २०७८

  • 5.7K
    SHARES

  • गठबन्धनमा बबण्डर! कम्युनिस्टहरुको औकात देखाएपछि प्रचण्ड र नेपाललाई देखाइदिने कांग्रेसको तयारी

    काठमाडौं- सत्तारुढ पाँच दलिय गठबन्धनले चुनावी तालमेल गरेर जाने औपचारिक निर्णय गरेपनि तल्ला तहमा गठबन्धन सहज नहुने देखिएको छ।

    चितवनको भरतपुर महानगरपालिकामा चुनावी तालमेल गरेर जाने केन्द्रको निर्णयको चर्को आलोचना भइरहेको छ। त्यही क्रममा रौतहटको चन्द्रपुर नगरपालिका पनि चुनावी तालमेलको निर्णय विरुद्ध उभिएको छ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह नगर भरतपुर महानगरपालिका काँग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृह नगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा उभिएको हो।

    ‘चन्द्रपुर नगर कमिटीको बैठकले गठबन्धन नागरिक नै कांग्रेस एक्लैले स्थानीय तह निर्वाचन जित्ने निष्कर्षका साथ निर्णय गरिसकेको छ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले भने, ‘काँग्रेस केन्द्रीय कार्यालयले पनि आवश्यकताका आधारमा स्थानीय तहले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छन् भन्ने निर्देशन दिएको थियो, त्यही आधारलाई टेकेर चन्द्रपुरमा गठबन्धन नै नगरी काँग्रेसले निर्वाचन जित्न सक्छ भनेर सो निर्णयमा पुगेका हौँ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend