सिन्धुली - नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा निवर्तमान सभापति उज्ज्वल बराललाई पराजित गर्दै पोखरेल सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित पोखरेल नेविसंघ, तरुण दलहुँदै पार्टीको जिल्ला नेतृत्वमा स्थापित भएका छन्। संस्थापनबाट उमेदवार बनि तेस्रो मतप्राप्तगर्ने प्रेमचन्द्र दाहालले उपेन्द्र पोखरेललाइ समर्थन गरेका थिए ।
काँग्रेस भित्रको लोकतान्त्रिक संस्कारले बढि मतप्राप्तगर्नेले नै नेतृत्वगर्ने भएकाले आफ्नो समर्थन पोखरेलाइभएको दाहालको धारणा सार्बजनिक गरेका थिए ।
पहिलो चरणमा पाँचजना प्रतिस्पर्धीमध्ये कसैको पनि ५० प्रतिशत नकटेपछि दोस्रो चरणमा पोखरेल र बरालबीच प्रतिस्पर्धा भएको थियो ।
दोस्रो चरणको निर्वाचनमा १ हजार ३ सय ७१ मत खसेकोमा निर्वाचित पोखरेलले ८ सय ८५ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी बरालले ४ सय ७७ मत ल्याए भने ९ मत बदर भयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।