काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण सत्तारुढ गठबन्धन आज हो कि भोलिको अवस्थामा पुगेको छ ।
कांग्रेसलाई धोका दिँदै माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न सहयोग नगर्ने भएपछि नेपाली कांग्रेसले गठबन्धन टिकिरहोस् भन्ने चाहेको छैन ।
हिजो एमसीसी पास गर्ने कसम खाएर गठबन्धन बनाउन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पछाडि हटेपछि विश्वासको संकट देखिएको छ । यही बीचमा फेरि माओवादी नेताहरू एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगेका छन् ।
एमसीसी फेल गर्न एमालेले सहयोग गरे चुनावमा सहकार्य मात्र होइन, फेरि पार्टी एकता गर्ने प्रस्ताव लिएर नारायणकाजी श्रेष्ठलगायतका नेताहरू बालकोटको शरणमा पुगेका हुन् ।
प्रचण्डले ग्रिन सिग्नल दिएपछि श्रेष्ठलगायतका नेताहरूले बुधबार एमालेका दोस्रो तहका केही नेतासँग गोप्य भेटघाट गरेका थिए । त्यो भेटघाटलगत्तै माओवादी नेताहरूले अब एमालेसँग सहकार्य हुन्छ, कांग्रेसलाई देखाइदिन्छौं भन्दै हिँड्न थालेका छन् । तर, केपी ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याएर बालकोट पठाएको एमलेजनले अहिले नै बिर्सेका छैनन् ।
ओली भने चुनावअघि नै जसरी भए पनि गठबन्धन टुटाउने रणनीतिमा छन् । त्यसका लागि उनी अन्तिम तयारीमा छन् । सम्भवतः एक दुई दिनभित्रै गठबन्धन टुट्ने निश्चित छ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने र त्यसमा कांग्रेसले साथ दिए एमसीसी पास गर्ने संकेत दिएको छ ।
ओलीले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले सो प्रस्ताव राखेको स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।