बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

केपी ओली र देउवाबीच सहकार्य होला ? यस्तो छ बालकोटको सन्देश

केपी ओली र देउवाबीच सहकार्य होला ? यस्तो छ बालकोटको सन्देश

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 6.0K
    SHARES

  • केपी ओली र देउवाबीच सहकार्य होला ? यस्तो छ बालकोटको सन्देश

    काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा सहकार्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग घनीभूत संवाद अघि बढाएका छन् ।

    सत्ता साझेदार दलसँग सहमति हुन नसकेपछि देउवा बिहीबार राति ओली निवास बालकोट पुगेका थिए । पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले करिब डेढ घन्टा ओलीसँग छलफल गरेका हुन् ।

    ओलीसँगको संवादको पूर्वतयारी भने देउवाका निकट नेताहरूले धेरै पहिलेदेखि थालेका थिए । एमसीसी अघि बढे सरकारबाट बाहिरिने भनेर बुधबार माओवादीको संसदीय दलले निर्णय गरेसँगै कांग्रेसमा वर्तमान गठबन्धनको विकल्प खोज्नुपर्ने मत बलियो भएको थियो ।

    देउवाकै सल्लाहमा बिहीबार बिहानै कांग्रेस नेता मीनेन्द्र रिजाल ओली निवास बालकोट पुगेका थिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग फोन संवाद गरेका थिए । कार्की त पटकपटक बालकोट गइरहन्छन् ।

    पटक–पटकका भेटमा पनि एमालेले एमसीसी अनुमोदनको पक्षमा मत हाल्ने बचन दिएको छैन । बरु, गठबन्धन के हुन्छ भन्ने उसको प्रमुख प्रश्न छ ।

    बिहीबारको भेटमा ओलीले माओवादीले समर्थन फिर्ता नलिएमा के गर्नुहुन्छ भन्ने जिज्ञासा राखेको कांग्रेस स्रोतले जनाएको छ । बिहीबारको भेटमा ओलीले गठबन्धनसँगको सम्बन्ध टुंगो नलागेसम्म देउवासँग कुनै सहकार्य नहुने प्रष्ट पारेका थिए।

    ‘अहिले तपाईले गठबन्धनको नेतृत्व गरिरहनु भएकै छ। बहुमतमै हुनुहुन्छ। गठबन्धनका दललाई मिलाएरै जानुस्,’ ओलीको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले भने, ‘होइन हामीसँगको सहकार्य नै खोज्नु भएको हो भने तपाईं र गठबन्धनको सम्बन्ध टुंगो नलागेसम्म त्यो सम्भव हुँदैन।’

    ओलीले कांग्रेससँग सहकार्य गरेर जाने विषयमा एमालेलाई समस्या नहरेको भन्दै पहिले गठबन्धनका विषयमा निर्णय गर्न आग्रह गरेका थिए।

    प्रधानमन्त्री देउवाले पनि आफूले सकेसम्म सहमति कायम गराउन प्रयास गर्ने नभए त्यसपछिको परिस्थिति बेग्लै हुने जवाफ दिएका थिए। यसले केही दिनभित्रै माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको सहकार्य टुट्ने अनुमान गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend