आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘प्यारालाइसिस’ बनेका कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्थाकाे महाधिवेशन कहिले ?

‘प्यारालाइसिस’ बनेका कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्थाकाे महाधिवेशन कहिले ?

  • कृष्ण प्रसाद पहाडी
  • मंगलवार, माघ २५ २०७८

  • 4.2K
    SHARES

  • ‘प्यारालाइसिस’ बनेका कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्थाकाे महाधिवेशन कहिले ?

    काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसका १३ वटा भ्रातृसंगठन सबैको म्याद सकिएको छ ।

    १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै अवधि बाँकी छ । केही भ्रातृसंघले अधिवेशनको तयारी गरेको बताएका छन् । केहीको नेतृत्व दुई दशकदेखि फेरिन सकेको छैन ।

    दुई महिनाअघि पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनबारे छलफल गर्ने तय गरेको छ ।

    पार्टीको आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका सम्बन्धमा छलफल गर्ने तय भएको छ ।

    नेपाल किसान संघको अधिवेशन २० वर्षदेखि हुन सकेको छैन भने नेपाल प्रजातन्त्र सेनानी संघको पनि २० वर्षदेखि नै नेतृत्व फेरिन सकेको छैन ।

    महिला संघले विधानतः चार वर्षे समयवधि सकिएर अघिल्लो वर्ष नै अधिवेशन गर्नुपर्ने भए पनि गर्न सकेको सकेको छैन । नेपाल तरुण दलमा २०७३ सालमा भएको अधिवेशनपछि आएको जितजंग बस्नेत नेतृत्वको कार्यसमितिको समयावधि २०७६ सालमा सकिएको छ । यसलाई पनि समय थप्दै जीवित राख्ने प्रयास भइरहेको छ ।

    नेपाल विद्यार्थी संघको २०७३ भदौमा काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनमार्फत अध्यक्षमा नैनसिंह महर निर्वाचित भएपछि विधानतः प्रक्रियागत ढंगले नेविसंघले नेतृत्व पाउन सकेको छैन ।

    महरको कार्यकाल सकिएपछि समय थप गरेर उनको कार्यकाल केही समय लम्ब्याइएको थियो । त्यसमा विवाद भएपछि पार्टीले २०७६ सालमा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो ।

    तदर्थ समितिले अहिलेसम्म पनि अधिवेशन गराउन सकेको छैन । नेपाल दलित संघको अधिवेशन चार वर्षदेखि हुन नसकेको संघका कोषाध्यक्ष हरिशरण नेपालीले जानकारी दिए । २०६३ सालमा तदर्थ समिति बनाएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघले २०६६ सालमा पार्टीको भ्रातृसंघको रूपमा मान्यता पाएको हो ।

    त्यसपछि अधिवेशन हुन नसकेको तदर्थ समितिका अध्यक्ष भोजराज श्रेष्ठले बताए । नेपाल ठाकुर समाजको अधिवेशन सात वर्षदेखि हुन छैन । पार्टीको महाधिवेशन सकिएकाले अब आफूहरूले अधिवेशन गर्ने तयारी गरेको समाजका अध्यक्ष अनिरुद्रप्रसाद ठाकुरले बताए । नेपाल मुस्लिम संघ र राष्ट्रिय मगर संघको पनि ६ महिनाअघि तीन वर्षे कार्यकाल समाप्त भएको छ ।

    नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी तथा जनजाति संघ र नेपाल तामाङ संघको पनि अधिवेशन हुन सकेको छैन । यीमध्ये पाँचवटा भ्रातृसंगठनका प्रमुख पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए पनि भ्रातृसंस्थालाई रिक्त बनाएको तथा समयमा अधिवेशन सम्पन्न गर्न नसकेको भनेर कांग्रेस नेतृत्वको आलोचना भएको छ ।

    केन्द्रीय सदस्य बन्नेमा महिला संघकी अध्यक्ष उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार र दलित संघका मीन विश्वकर्मा छन् ।

    यस्तै, पार्टीका १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै म्याद बाँकी रहेको पार्टी केन्द्रीय कार्यलयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

    नेपाल ट्रेड युनियन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको म्याद बाँकी रहेको छ भने अरु सवैको अधिवेशन गरेर नयाँ नेतृत्व छान्नुपर्नेछ ।

    नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, गैरसरकारी संस्था महासंघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ, लोकतान्त्रिक नेवा खल र डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसनको म्याद सकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend