काठमाडौं - सत्तारुढ दलभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउने कि नगराउने भन्ने विषय पेचिलो बन्दै जान थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रले बबन्डर मच्चिएपछि नेपालको राजनीतिमा धु्रवीकरण देखिन थालेको हो ।
एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएलगत्तै प्रधानमन्त्री देउवा र प्रचण्डबीच आइतबार बालुवाटारमा भेटवार्ता तय भएको छ । प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्न एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव गरेका छन् ।
सम्भवतः आज प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुन सक्ने स्रोतले बतायो । यदि सत्तारुढ गठबन्धनले साथ नदिएमा एमालेकै सहयोगमा संसदबाट एमसीसी अनुमोदन गराउने रणनीतिमा प्रधानमन्त्री जुटेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।