शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

भूकम्पपछि चिनियाँ नाकाबन्दी निरन्तर, सहयोग गरेको भन्ने नाटक मात्रै

भूकम्पपछि चिनियाँ नाकाबन्दी निरन्तर, सहयोग गरेको भन्ने नाटक मात्रै

  • मिडिया डबली
  • शुक्रवार, माघ २१ २०७८

  • 4.6K
    SHARES

  • भूकम्पपछि चिनियाँ नाकाबन्दी निरन्तर, सहयोग गरेको भन्ने नाटक मात्रै

    काठमाडौं - झन्डै सात वर्षअघि नेपालमा विनाशकारी भूकम्प गयो । भूकम्पले नेपालको आर्थिक अवस्था तहसनहस मात्र गराएन, १० हजारभन्दा बढीको ज्यान लियो ।

    हजारौं अंगभंग भए । घाइते हुनेको संख्या झन बढी थियो । झन्डै एक मिनेटसम्म गएको भूकम्पले १० खर्बभन्दा बढीको घाटा लाग्यो ।

    भूकम्पपछि नेपालका सम्पदा, भौतिक संरचना, सडक थुप्रै नष्ट भए । यस्तो अवस्थामा छिमेकी देशको सहयोग आवश्यक पर्छ । तर, नेपालको उत्तरतर्फको छिमेकी चीनले भने दुश्मन जस्तो व्यवहार गरिरहेको छ ।

    त्यो कोभिड महामारीका बेलासम्म कायम छ । कतिसम्म भने चीनसँग जोडिएका सीमानाका पूर्णरूपमा ठप्प पारेको छ । नेपालीलाई चीनमा जान प्रतिबन्ध लगाइएको छ ।

    चीनले केरुङ–रसुवागढी नाका र तातोपानी नाका मन लागेका बेला केही दिनका लागि खोल्ने अनि बन्द गर्ने गरेको छ । जसकारण सबैभन्दा ठूलो मारमा नेपाली व्यापारी व्यवसायी परेका छन् ।

    उनीहरूको अर्बौंं मूल्यबराबरका सामग्री चिनियाँ भूमिमा महिनौं दिनसम्म रोकिएका छन् । तीन वर्षअघि चीनमा एमबिबिएस पढ्दै गरेका विद्यार्थीहरू जब कोरोनाका कारण फर्किए, त्यसपछि चीन फर्किन पाएका छैनन् ।

    यसले पनि नेपालसँग चीन कति रुष्ट रहेछ भन्ने प्रस्ट पार्छ । चीनले राजनीतिक कारण हो वा अन्य कारण नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भन्ने पुष्टि गरेको छैन ।

    तर पनि कोभिडविरुद्धको खोप अनुदान दिँदै आएको छ । त्यो पनि केपी ओली सरकारले दुई करोड डोज खोप महँगोमा किनेकाले चीनले करिब ३० लाख डोज सित्तैमा दिएको छ ।

    त्यसबाहेक अन्य कुनै सहयोग चीनबाट हुन सकेको छैन । कतिसम्म भने पछिल्लो समय चीनले नेपालको उत्तरी सीमामा धेरै ठाउँमा भूमि मिचेको पुष्टि हुँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २९ २०७८१०:३६:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend