शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देउवाको सदासयतालाई कमजोरी ठाने ओलीले ठूलो मूल्य चुकाउनुपर्ने

देउवाको सदासयतालाई कमजोरी ठाने ओलीले ठूलो मूल्य चुकाउनुपर्ने

  • मिडिया डबली
  • आइतवार, पौष २५ २०७८

  • 7.7K
    SHARES

  • देउवाको सदासयतालाई कमजोरी ठाने ओलीले ठूलो मूल्य चुकाउनुपर्ने

    काठमाडौं - सामान्यतः प्रधानमन्त्री कुनै नेताविशेष वा व्यक्तिका घरमा पुगे त्यो ठूलो घटना मानिन्छ । प्रधानमन्त्री कार्यकारी प्रमुख पद हो । त्यसैले यसको छुट्टै महत्व हुन्छ ।

    प्रधानमन्त्री पदमा जो पनि आउँछ जान्छ । प्रधानमन्त्री पद स्थायी हुन्छ । कसैको पेवा हुन्न । तर कम्युनिस्ट नेता केपी ओलीले भने प्रधानमन्त्रीको कुर्सी सधैंका लागि आफ्नो बिर्ता जस्तो ठान्दै आएका छन् ।

    त्यही कारण बालुवाटारबाट गलहत्याइएपछि उनमा अहंकार र आक्रोश बढेको छ । नेतामा अहंकार बढ्यो भने त्यसले आफैंलाई क्षति हुन्छ । पार्टीलाई हुन्छ । र, देशलाई हानि पुग्छ ।

    दुई दुईचोटि संसद् विघटन गरेर संविधानको धज्जी उडाएका ओली असारमा प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाईसमेत दिएनन् ।

    औपचारिक रूपमा भेटवार्ता पनि गरेनन् । बरु देउवा नै उनलाई भेट्न एमालेको महाधिवेशनमा गए । आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशनमा बोलाए । आफ्ना विशेष दूत सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाए ।

    अन्तिममा शनिबार आफैं ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगे । पछिल्लो समय देउवाले सबैको मन जित्दै गएका छन् । प्रधानमन्त्री र कांग्रेस सभापतिसमेत भएका व्यक्ति यत्तिको लचक भएकामा सबैले प्रशंसा गर्न थालेका छन् ।

    तर, ओलीले भने शुभेच्छुक घटाउँदै लगेका छन् । उनले म जस्तो ठूलो र बलशाली नेता कोही छैन भन्ने उनको दम्भले नै उनलाई चाँडै रसातलमा लैजाने विश्लेषण हुन थालेको छ ।

    प्रधानमन्त्री देउवाले शनिबार ओलीलाई संसद् खोल्न प्रस्ताव गरे । एमसिसी पास गराउन सहयोग मागे । तर, ओलीले यसलाई इन्कार गरेका छन् ।

    जसले आगामी निर्वाचनमा एमाले र ओलीले मूल्य चुकाउनुपर्ने अनुमान गर्न थालिएको छ । अबको १० महिनापछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने नै छ ।

    एक वर्षसम्म संसद् अवरुद्ध गर्ने एमालेको निर्णयलाई कांग्रेसले चुनावमा एजेन्डा बनाउने निश्चित छ । किनभने संसद् नै चलोस् भन्ने नचाहने एमालेलाई किन संसद्मा पठाउने भन्ने एजेन्डा जबर्जस्त रूपमा उठ्ने सम्भावना छ । जुन एमालेकै लागि दुर्भाग्यपूर्ण हुने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend