काठमाडौं - बैक खाताको विषयलाई लिएर एमाले र माओवादी केन्द्रमा बबन्डर मच्चिएको छ । नेकपाकालीन बैंक खाताको विषयले सुर्खेतमा दुवै पार्टीबीच विवाद देखिएको हो ।
दुवै पार्टीले दाबी गरेपछि बैंकले खाता नै रोक्का गरिदिएको छ । एमाले अध्यक्ष ध्रुवकुमार शाहीले नेकपाकालमा खोलिएको खातालाई एमालेको नाममा नामाकरण गर्न निवेदन दिएलगत्तै उनको निवेदनलाई काउन्टर गर्दै माओवादी केन्द्रका कृष्ण जिसीले बैंकमा अर्को निवेदन दिए ।
जिसीले मंसिरको पहिलो साता निवेदन दिएपछि खाता रोक्का भएको हो । खातामा रहेको करिब आठ आख रुपैयाँका लागि एमाले र माओवादीबीच बबन्डर मच्चिएको हो ।
शाहीले खाता एकलौटी गर्न खोजेपछि आफूले काउन्टर दिएको जिसीले बताए । एकलौटी रुपमा खाता परिवर्तन गर्नु गैरकानूनी मात्रै नभएर आपराधिक कार्यसमेत हुने उनको भनाइ छ ।
तर पनि एमालेले खातामा रहेको केही रकम झिकेको बुझिएको छ । बैंक खाताको विषयलाई लिएर बालकोट र खुमलटारसमेत तनाव रहेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।