काठमाडौं - कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा नेपाली सदस्यहरुले निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका छन् ।
प्रमाण पत्रमा सम्बन्धित व्यक्तिको विवरणका रुपमा जिल्लाको नाम र क्रियाशील सदस्यता नम्बर उल्लेख गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाण पत्र वितरण गरेका हुन् ।
कार्यक्रमको शुरुमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई प्रमाण पत्र वितरण गरिएको थियो ।
त्यसपछि अन्य पदाधिकारी र सदस्यहरुलाई क्रमश: प्रमाण पत्र वितरण गरिएको छ । समारोहमा निर्वाचन समितिका सदस्यहरुले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई खादा र माला लगाइदिएका थिए ।
प्रमाण पत्रमा निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे, सदस्यहरु तेजबहादुर रावल, सीताराम केसी, एगराज पोखरेलको हस्ताक्षर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।