काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत २ नम्बर प्रदेश कार्यसमितिका लागि मंगलबारदेखि सुरु भएको अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष र निवर्तमान उपसभापति बिमलेन्द्र निधि पक्षबीच टक्कर हुने भएको छ ।
२ नम्बर प्रदेश कार्यसमितिको सभापति पदमा २ जनाको उमेदवारी परेको छ । उम्मेदवारहरू कृष्ण यादव र रामसरोज यादव उम्मेदवारी दर्ता गर्दै मैदानमा उत्रिएका छन् ।
प्रदेश अधिवेशनअन्तर्गत भोलि बुधवार नयाँ कार्यसमिति चयनका लागि चुनाव गर्ने तयारी छ ।
सभापतिका उम्मेदवार रामसरोज यादव नेपाली कांग्रेस संसदीय दलका नेता हुन् भने उनी निधिनिकट रहेका छन् । उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत रहेका छन् । निधि पक्षका उम्मेदवार रामसरोजलाई डा. शेखर कोइराला पक्षले समेत साथ दिएको छ ।
अर्का उम्मेदवार कृष्ण यादव सभापति देउवानिकट मानिन्छन् । उनी रौतहट जिल्ला सभापति भइसकेका छन् ।
प्रदेशमा उपसभापति, महामन्त्री, १ महिलासहित ३ सहमहामन्त्री पदमा समेत निर्वाचन हुनेछ । यसअघि कांग्रेसले ६ प्रदेशको महाधिवेशन सम्पन्न गरेपछि महाधिवेशन गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।