काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई थप जिम्मेवारी तोकेकी छन् ।
नेपाली कांग्रेसको चुनावमा महामन्त्री पदमा पराजित भएर डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा स्वीकृत गर्दै देउवालाई थप जिम्मेवारी तोकिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवालाई दिइएको जानकारी दिए ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय रक्षा मन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।