आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेविसंघका सातजना अध्यक्ष कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

नेविसंघका सातजना अध्यक्ष कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

  • मिडिया डबली
  • सोमवार, पौष ५ २०७८

  • 3.9K
    SHARES

  • नेविसंघका सातजना अध्यक्ष कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौं - नेपाल विद्यार्थी संघका सातजना अध्यक्ष कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सबैजना खुलातर्फको ३५ केन्द्रीय सदस्यमा सानदार मतसहित निर्वाचित भएका हुन् ।

    बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, बालकृष्ण खाँण, गोविन्द भट्टराई, नैनसिंह महर र राजीव ढुंगाना नेविसंघका अध्यक्ष भइसकेका नेता हुन् । ढुंगाना वर्तमान अध्यक्ष हुन् भने बाँकी पूर्वअध्यक्ष हुन् ।

    यस्तै, नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेत र कुन्दनराज काफ्ले पनि कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

    यसपटक कांग्रेसको महाधिवेशन प्रतिनिधिमा नेविसंघका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति भएकाले कांग्रेस कार्यसमितिमा नेविसंघ पृष्ठभूमि भएका नेताको बर्चस्व देखिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा नेविसंघका अध्यक्ष भइसकेका छन् । महामन्त्री गगन थापा नेविसंघका पूर्वमहामन्त्री हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend