काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनबाट सर्वाधिक मतका साथ महामन्त्री निर्वाचित भएका गगनकुमार थापा अब नेपाली राजनीतिको शीर्ष स्तरको नेताभित्र परेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा आईतबार भएको नेपालका प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा महामन्त्री गगनकुमार थापा सहभागी भएका छन् ।
देशका राष्ट्रिय मुद्दा एमसीसी र संसदको गतिरोध हटाउने विषयमा बोलाइएको शीर्ष नेता सहभागी सर्वदलीय बैठकमा थापा सहभागी भएका छन् ।
महामन्त्री थापालाई प्रधानमन्त्री देउवाले फोन गरेर बैठकमा बोलाएका थिए ।
शीर्ष नेताहरू सहभागी सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा दलको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।