आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको प्रदेश अधिवेशन पुस ६ गतेदेखि, देउवा र निधिबीच सहमति

कांग्रेसको प्रदेश अधिवेशन पुस ६ गतेदेखि, देउवा र निधिबीच सहमति

  • मिडिया डबली
  • शनिवार, पौष ३ २०७८

  • 7.2K
    SHARES

  • कांग्रेसको प्रदेश अधिवेशन पुस ६ गतेदेखि, देउवा र निधिबीच सहमति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत २ नम्बर प्रदेशको अधिवेशन पुस ६ र ७ गते जनकपुरधाममा गर्ने गरी तोकिएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले २ नम्बर प्रदेशको अधिवेशनको मिति टुंगो लगाएको संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    क्रियाशील सदस्यता विवादका कारण प्रदेश अधिवेशनमा ढिलाइ भएको थियो । ६ वटा प्रदेशको अधिवेशन गरिसकेको कांग्रेसले २ नम्बर प्रदेशमा अधिवेशन स्थगित गरेको थियो ।

    प्रदेश अधिवेशनबारे सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति बिमलेन्द्र निधिबीच छलफल समेत भएको छ । प्रदेश अधिवेशनमा मिलेर जाने सहमति दुवै नेताबीच भएको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend