आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. शशांक कोइरालाले भित्रभित्रै शेरबहादुर देउवासँग साँठगाँठ गरेको प्रमाण बाहिरियो

डा. शशांक कोइरालाले भित्रभित्रै शेरबहादुर देउवासँग साँठगाँठ गरेको प्रमाण बाहिरियो

  • मिडिया डबली
  • शनिवार, पौष ३ २०७८

  • 8.3K
    SHARES

  • डा. शशांक कोइरालाले भित्रभित्रै शेरबहादुर देउवासँग साँठगाँठ गरेको प्रमाण बाहिरियो

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको सभापति पदको चुनावमा डा. शेखर कोइराला पराजित भए । सभापति शेरबहादुर देउवासँग पराजित हुँदा कोइरालाले आफ्नैबाट सहयोग नपाएको आशंका गरियो ।

    बहिनी सुजाता कोइराला त प्रकाशमान सिंहको प्यानलबाट खुलेरै सभापति देउवाको पक्षमा लागिन् भने भाइ डा. शशांक कोइरालाको भूमिकामाथि समेत शंका गरियो । 

    कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना हुँदा डा. शशांकको साँठगाँठ सभापति देउवा पक्षसँग समेत रहेको प्रमाण बाहिरिएको छ ।

    खुला केन्द्रीय सदस्यको ९८८ मतगणना हुँदा डा. कोइरालाले सर्वाधिक ८१४ मत पाएका छन् । केन्द्रीय सदस्यको मतगणना यतिधेरै मत कसैले पाएका छैनन् । डा. शशांकले देउवा र कोइराला दुवै पक्षका भोट पाएकाले यतिधेरै मत आएको कांग्रेस स्रोतले जनाएको छ ।

    देउवा पक्षले आफ्नो प्यानलमा डा. शशांकको नाम समेत राखेको थियो । जसले गर्दा शशांकमाथि प्रश्न गर्न थालिएको थियो । चुनावको प्रारम्भिक मतगणनाले समेत डा. शशांकलाई देउवा पक्षको भोट समेत आएको देखाएको छ ।

    हालसम्म ९८८ मतगणना हुँदा तपसिल बमोजिम बढी मत ल्याउने उम्मेदवारहरू ३५ जनाभित्र परेका छन् –

    267165602_1354459578322469_2102417659517147700_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend