काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइराला केन्द्रीय कार्यसमितिभित्र परेका छन् ।
कांग्रेस विधानको प्रावधानअनुसार डा. कोइराला स्वतः केन्द्रीय सदस्य बनेका छन् ।
केन्द्रीय सभापति पदमा भएको चुनावमा दोस्रो स्थानमा रहेकाले डा. कोइराला स्वतः केन्द्रीय सदस्य बनेका हुन् ।
नेपाली कांग्रेसको विधानको धारा ६५ मा उल्लेख छ, ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ ।’
सभापति शेरबहादुर देउवासँग पराजित भएपनि डा. कोइराला केन्द्रीय सदस्य बनेका छन् । कोइराला यसअघि समेत केन्द्रीय कार्यसमिति सदस्य रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।