आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र पिछडिएको क्षेत्रमा डा. शेखरका उम्मेदवारको यस्तो कमाल !

कांग्रेसभित्र पिछडिएको क्षेत्रमा डा. शेखरका उम्मेदवारको यस्तो कमाल !

  • मिडिया डबली
  • शुक्रवार, पौष २ २०७८

  • 4.6K
    SHARES

  • कांग्रेसभित्र पिछडिएको क्षेत्रमा डा. शेखरका उम्मेदवारको यस्तो कमाल !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पिछडिएको क्षेत्रमा डा. शेखर कोइराला प्यानलका उम्मेदवार बद्री पाण्डेले कमाल देखाएका छन् ।

    कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानल बलियो देखिए पनि पिछडिएको क्षेत्रमा शेखर प्यानलका उम्मेदवार पाण्डेले अग्रता लिएका छन् ।

    सहमहामन्त्री पिछडिएको क्षेत्रको ३१३ मतगणना हुँदा पाण्डेले १५७ मत र जीवनबहादुर शाहीले १४४ मत ल्याएका छन् । शाही देउवा प्यानलका उम्मेदवार हुन् ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेशी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना जारी रहेको छ । 

    महिला, दलित र आदिवासी जनजाति क्षेत्रको सहमहामन्त्री पदको मतपरिणाम बिहीबार राति घोषणा भएको छ । आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend