आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विश्वप्रकाश शर्माको त्यो साहसिक निर्णय, जसले बनायो कांग्रेस महामन्त्री !

विश्वप्रकाश शर्माको त्यो साहसिक निर्णय, जसले बनायो कांग्रेस महामन्त्री !

  • मिडिया डबली
  • बिहिवार, पौष १ २०७८

  • 7.6K
    SHARES

  • विश्वप्रकाश शर्माको त्यो साहसिक निर्णय, जसले बनायो कांग्रेस महामन्त्री !

    काठमाडौं – नेपाली कांग्रेसको प्रवक्ता भएर काम गर्दा चर्चित युवा नेता विश्वप्रकाश शर्माको छवि देशभर परिचित भएको थियो । तर १४औं महाधिवेशनको पूर्वसन्ध्यामा प्यानलको हिसाबकिताब गर्दा शर्मा सभापति शेरबहादुर देउवाको प्यानलमा महामन्त्रीमा अटाएनन् ।

    सभापति देउवाले शर्मालाई सहमहामन्त्रीमा उम्मेदवार बनाउने वाचा दिए तर शर्माले मानेनन् । 

    देउवाको प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुनु चुनावी रूपमा सुरक्षित रहेपनि शर्माले साहसिक निर्णय लिए । एकातिर देउवा टीमबाहेक उम्मेदवारी दिए भने अर्काेतिर महामन्त्री पदकै लागि मैदानमा उत्रिए ।

    काठमाडौंको सुन्दरीजलमा वृक्षरोपण गरेर उम्मेदवारी घोषणा गरेका शर्मा अन्ततः कांग्रेस महामन्त्री बनेरै छाडेका छन् । यससँगै शर्माको राजनीतिक उचाइ चुलिएको छ ।

    सभापति देउवा टीममै रहेर सुरक्षित बाटो हिँड्दै सहमहामन्त्रीकै चित्त बुझाएको भए विश्वप्रकाश धेरै सहमहामन्त्रीबीच गुमनाम हुनसक्थे तर उनले उठाएको जोखिमले शर्मालाई राजनीतिक लाभ दिएको छ ।

    महामन्त्रीको प्रतिस्पर्धामा पुराना राजनीतिक खेलाडी डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल तथा युवा नेता प्रदीप पौडेललाई हराउँदै विश्वप्रकाश र गगनकुमार थापा कांग्रेसमा उदाएका छन् ।

    गगन थापा १३औं महाधिवेशनमा समेत महामन्त्री पदका उम्मेदवार थिए तर विश्वप्रकाश पहिलो प्रयासमा महामन्त्री निर्वाचित भएका छन् ।

    आकर्षक र लोकप्रिय नारा, योजना, कार्यक्रम, भाषण गर्दै आएको गगन र विश्वको जोडीले अब कांग्रेसलाई कसरी अगाडि बढाउँछ ? भविष्यमा देखिने छ ।

    महामन्त्रीमा जितेपछि पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शर्माले आफ्नो जीत कांग्रेसलाई रूपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताए । उनले भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरूआत गर्ने यात्राको प्रारम्भ हो । फरक–फरक विचार समूहमा रहेका सबै साथीहरूको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो ।’ 

    कांग्रेस महाधिवेशनमा हालसम्म कांग्रेस सभापति र उपसभापतिको मतपरिणाम घोषणा भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend