काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका छन् ।
महामन्त्री निर्वाचित भएपछि शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।
महामन्त्रीमा जितेपछि पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शर्माले आफ्नो जीत कांग्रेसलाई रूपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताए ।
उनले भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरूआत गर्ने यात्राको प्रारम्भ हो ।’
फरक–फरक विचार समूहमा रहेका सबैको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु रहेको उनले बताए ।
कांग्रेस महाधिवेशनमा हालसम्म कांग्रेस सभापति र उपसभापतिको मतपरिणाम घोषणा भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।