काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।
उनले बुधबार साँझ एमाले अध्यक्ष ओलीले देउवालाई कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएकोमा बधाई दिएको बताइएको छ।
टेलिफोन सम्वादमा सभापति देउवाले ओलीको शुभकामनाका लागि धन्यवाद भन्दै एमाले र कांग्रेस सहकार्य गर्दै अगाडी बढ्नुपर्ने जानकारी दिएका थिए ।
लोकतन्त्र र संविधान रक्षाको लागि कांग्रेस र एमालेबीच राम्रो सम्बन्ध हुनुपर्नेमा देउवाको जोड थियो । जवाफमा ओलीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा एमाले र कांग्रेस सहयात्री भएकाले मिलेर जान आफूलाई आपत्ति नरहेको बताएका थिए ।
ओलीले टेलिफोन गरेर बधाई दिँदा दुई नेताबीच केहीबेर हाँसो ठट्टा समेत चलेको बताइएको छ । दुई नेताबीचको टेलिफोन कुराकानी सुनिरहेका सहयोगीहरुका अनुसार देउवाले ओलीलाई भने – मत आफैले टेलिफोन गरेर तपाईसँग बधाई माग्नुपर्ने होकी जस्तो भइसकेको थियो । तपाईले फोन गर्नुभयो धन्यवाद । ओलीले जवाफमा – बधाई दिन पाउने पहिलो अधिकार कांग्रेसजनकै भएकाले पहिलो उनीहरुले बधाई दिईसकुन भनेर मैले आज फोन गरेको हो भनेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।