काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि ४ हजारभन्दा बढी मत खसेको छ ।
कांग्रेसको नेतृत्व चयनका लागि जारी मतदानमा साँझ ८ बजेसम्म ४ हजार बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले राति मतदान सकिएलगत्तै सभापति पदको मतगणना गर्ने भएको छ । सभापति पदको छुट्टै मतपत्र भएकाले धमाधम मतगणना हुने समितिले जनाएको छ ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७७३ मतदाता रहेका छन् । सभापति पदमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने कांग्रेस शीर्ष नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।