काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतदान सुरु हुनुअघि सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटार पुगेर भेटवार्ता गरेका छन् ।
भेटमा पौडेलले संस्थापनइतर एकजुट हुन नसकेकोप्रति दुःख व्यक्त गरेका डा. शेखरको सचिवालयले जानकारी दिएको छ ।
सभापति पदका २ आकांक्षी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने भनाइ पौडेलले व्यक्त गरेका जनाइएको छ ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार मतदान हुँदैछ । सभापतिमा डा. शेखरसहित ५ उम्मेदवार रहेका छन् । मतदान सुरु हुनैलाग्दा समेत नेता पौडेलले आफ्नो समर्थन कसलाई हुने भनेर स्पष्ट पारिसकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।